फिल्म ‘लाखे’ मा अभिनेत्री वर्षा राउत अनुबन्धित

 

अभिनेत्री वर्षा राउत फिल्म ‘लाखे’ मा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा उनी भित्रिएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहीबार वर्षासँग फिल्म अभिनयको सम्झौता गरेका हुन् । यसअघि थुप्रै कलाकार फाइनल गरिसकेको निर्माण टिमले बिहीबार वर्षालाई मुख्य अभिनेत्रीका रुपमा अनुबन्ध गरेको हो । ।’वर्षासँगै फिल्मको युनिट पूरा भएको छ । सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायत मुख्य कलाकार रहेको फिल्ममा वर्षा कस्को जोडीको रुपमा देखिने हुन् त्यो भने निर्माण युनिटले अहिले गोप्य राखेको छ ।

त्यस्तै सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन ए परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी लगायतको समेत फिल्ममा अभिनय रहनेछ । पुसको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी हुन् भने हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।