सुरक्षाको ‘बुलाकी’ प्याक अप

 

काठमाडौं- कर्णाली प्रदेशको जनजीवन,रीतिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको फिल्म ‘बुलाकी’ को छायाङ्कन सकिएको छ ।  तिहारलगत्तै डोल्पाबाट सुरु गरिएको फिल्मका केही दृश्य मुगु र जाजरकोटका विभिन्न स्थानमा समेत खिचिएको जानकारी निर्माण पक्षले दिएको छ । करिब एक महिना निरन्तर छायांकन गरि युनिट हालै राजधानी फर्किएको हो ।

मोती बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल,रमेश बुढाथोकी, सरस्वती खत्री,सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी,झलनाथ खत्री, उपासना वाइवा,सोनु सेढाइ,धनबहादुर राई,कमल गाउँले,अमीत परियारलगायतका कलाकारको अभिनय छ ।

छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ को छायांकार शिब ढकाल हुन् । फिल्ममा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । निर्देशक सुनारले फिल्मको छायांकन निकै उत्कृष्ट तवरले गरिएको बताउदै बाँकी दुई गीत केही समयपछि खिचिने जानकारी दिएका छन् ।