मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

 

काठमाडौं – कलाकार दीपकराज गिरीले भने मिस नेपाल नम्रतालाई भोट गर्न आग्रह गरेका छन् । उनले नम्रतातर्फ ध्यान नागेको पो हो की भनेर शङ्का समेत व्यक्त गरेका छन् ।

उनी लेख्छन्, ‘सबैको ध्यान दलीय चुनावमा छ । तर पुरै देशलाई प्रतिनिधित्व गर्दै मिस वर्ल्ड २०२१ मा सहभागिता जनाएर आफ्नो र आफ्नो मुलुकको उपस्थितिलाई दरिलो रूपमा प्रस्तुत गरिरहेकी हाम्री चेली नम्रता श्रेष्ठप्रति हाम्रो ध्यान नगइरहेको हो कि ?

सबै डिटेल खोजेर भोट गरौँ होला !
यही डिसेम्बर १७ का दिन हुन गइरहेको मिस वर्ल्ड २०२१ का लागि धेरै-धेरै शुभकामना नम्रता श्रेष्ठ ।
आफू, आफ्नो परिवार र त्यो भन्दा पनि देशको नाम राख्न सफल हुनु ! जय नेपाल !!’

मिस वर्ल्डको ग्राण्ड फिनाले डिसेम्बर १७ अर्थात् पुस २ गते अमेरिकामा हुँदै छ ।