कौसी थियटरमा ‘उलार’ मञ्चन सुरु, बाह्र दिन सम्म मञ्चन हुने

कौसी थियटरमा नाटक ‘उलार’ मञ्चन सुरु भएको छ । नयनराज पाण्डेको चर्चित उपन्यासको नाट्य रूपान्तर बैशाख ६ गतेदेखि मञ्चन सुरु भएको हो ।

टेकुस्थित कौशी थिएटरमा मंगलबारदेखि सुरु भएको यो नाटक हरेक दिन साँझ ५ बजे सुरु हुने र १८ गतेसम्म मञ्चन हुने भएको छ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः३० बजे पनि नाटक मञ्चन हुने गरेको छ ।

उपन्यासकार नयन राज पाण्डेद्वारा लिखित नाटकलाई चे शंकरले निर्देशन गरेका छन् ।

२५ वर्षअघि प्रकाशित नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्तकृत जनताको संघर्षको कथा ‘उलार’ लाई नाट्य रूपान्तरण गरिएको हो । उपन्यासमा २०४६ सालको परिवर्तनपछि देखिएको राजनीतिक चरित्र र सीमान्तकृत वर्गको भोगाइलाई नेपालगन्जको परिवेशमा बुनिएको छ । ‘एउटा टाँगा चलाउने पात्र जसलाई समाजले विद्रोहीको रूपमा रूपान्तरण गर्छ । तराई परिवेशमा आधारित नाटकमा मुख्य पात्रको जीवनशैली, आशा, अभिलाशाको बारेमा देखाइन्छ।’

गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा बाह्र दिन सम्म मञ्चन हुने यस नाटकमा थिएटर क्वुइन सरिता गिरी, सबिर चरौटे, शेखर चौलागाँई, अरुण शर्मा, सञ्जय गुप्तालगायतका कलाकारहरूले अभिनय गरेका छन् ।