‘चोभार ब्लुज’को लोकार्पण

इन्जिनियर विक्रमभक्त जोशीको कृति कथासङ्ग्रह ‘चोभार ब्लुज’को लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो ।
जोशीका कथाहरुले यात्रालाई पृष्ठभूमि बनाएको प्रसङ्ग उप्काउँदै माया ठकुरीले भनिन्, ‘विक्रम भाइ यात्राहरुमा निस्किरहनु हुन्थ्यो । उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनु भयो । उहाँ त यात्रामा कथा टिप्न पो जानु हुँदोरहेछ ।’
पुस्तकका प्रकाशक अश्विनी कोइराला सभापति रहेको कार्यक्रममा लेखकका पिता प्रभु भक्त जोशी विशेष अतिथिको भूमिकामा उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल तथा भाषा सम्पादक रमेश दाहालको उपस्थिति रहेको थियो ।

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

अनलका ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

हीरा लामाको दलदल सार्वजनिक

यशोधरा उपन्यासः पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

प्रतिक्रिया