‘गाईजात्रा’ लाई लक्षित गर्दै जोगिन्दरले ल्याए ‘गठबन्धन’

‘गाईजात्रा’लाई हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै विभिन्न हास्य व्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका छ ।
देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यवृद्धिप्रति, जनतामा देखिएको राजनीतिक दलप्रतिको नैराश्यता, युक्रेन र रसिया युद्ध लगायतका विषयहरु उनले यो वर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेटेका छन् ।
भरपुर प्रहसन समेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन् । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई व्यङ्ग्यको विषयमा समेटेका छन् ।
ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजाल स्वयंका अलावा दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेमशर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ ।
‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो । विगत दुई दशक भन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो । योभन्दा अगाडि उनले ल्याएको उनले ‘लकडाउन’ नामक गाईजात्रे कोसेली सर्वाधिक मनपराइएको थियो ।
गाइजात्रामा नियमित व्यङ्ग्यका कोसेली ल्याउने गरेको रिजालले बताए । ‘पहिले यो पर्वमा थुप्रै व्यङ्ग्यका कोसेली आउँथे । अहिले आउँदैनन्’ रिजालले भने ‘परम्पराको निरन्तरता र सर्वसाधारणको मनोरञ्जनका लागि मैले भने नियमित बनाउने गरेको छु ।’ गाइजात्रामा व्यङ्ग्य गर्न छुट भएकोले पनि अन्य समय भन्न नसकिएका विषय व्यङ्ग्यका रुपमा ल्याउने गरेको रिजालको भनाइ छ ।

‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु

आज विश्व रङ्गमञ्च दिवस

‘यौटा सपनाको अवसान’ मञ्चन गर्दै अनुप बराल, नाटकको अर्थपूर्ण पोस्टर सार्वजनिक

मण्डलामा 'मुनमुन' मञ्चन हुने

राणा शासनको प्रतीक ‘माउजङ बाबुसाहेबको कोट’ आजदेखि शैली थिएटरमा मञ्चन हुँदै

प्रतिक्रिया