निमाको राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता

निमा ई-लर्निङले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । जसमा निमाको राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता श्रावण १३ सम्म निबन्ध पठाउन सकिने छ ।
यस प्रतिस्पर्धामा कक्षा १० मा पढ्ने विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउने निमाले जनाएको छ । श्रावण १३ सम्म निमाको इमेल ठेगाना ‘इन्फो एट निमा एकेडेमी डटकम’ ([email protected]) मा कम्तिमा १२ सय शब्दमा नबढाई निबन्ध पठाउन सकिने निमाले जानकारी दिएको छ ।
श्रावण १५ मा विजेता, उपविजेता र तेस्रो हुनेको घोषणा हुनेछ । विजेताले ३ हजार रुपैयाँ नगद र एउटा गुगल ब्याग, उपविजेताले २ हजार नगद र र एउटा गुगल ब्याग तथा तेस्रो हुनेले १ हजार नगद र एउटा छाता पाउनेछन् ।
पहिलो, दोस्रो र तेस्रो हुनेले यससँगै कक्षा १० का ई–लर्निङका लागि १ वर्षको निमाको फ्रि सब्सस्क्रिप्सन पनि पाउनेछन् ।

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

अनलका ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

हीरा लामाको दलदल सार्वजनिक

यशोधरा उपन्यासः पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

प्रतिक्रिया