वर्षौँपछि करिष्मा र धिरेनको एकसाथ स्क्रिन सेयर

अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समय पछि एकसाथ स्क्रिन सेयर गरेका छन।

उनिहरुले ‘भोलि भन्ने नआउला कतै’ बोलको गीत मार्फत पुन: सहकार्य गरेका हुन्। धिरेनको डेब्यू फिल्म पहिलो प्रेममा उनको हिराेइन करिष्मा थिइन् । दुवैले राजकुमार, रणभूमि, देशपरदेश आदि फिल्ममा काम गरेका छन् ।

तोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको गीतमा करिष्मा र धिरेन रोमान्टिक बनेका छन। पुरन गिरीको शब्द, दिवश गुरूङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको गीतलाई गायिका रानी शाख्यकै अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ।

गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी (एम बि ए फिल्म्स)ले खिचेका हुन्। भिडियोलाई सुरेन्द्र बसेलले कोरोयोग्रफी गरेका हुन्। भिडियोमा जयराम बर्मा र स्विटी तामाङ्गको पनि अभिनय रहेको छ।