शोभितको नायिकाहरुलाई कटाक्ष–‘१८ लाख लिने, ८ शोज पनि हाउसफूल गर्न नसक्ने’


नेपाली फिल्मका धेरै कलाकारहरुको पारिश्रमिक महंगो बन्दै गएको छ । नायकहरुखको पारिश्रमिक ५० लाखसम्म पुगेको छ । नायिकाहरु पनि २० लाखसम्म पारिश्रमिक मागिरहेका छन् । तर, कलाकारले पारिश्रमिक मागे अनुसार फिल्मको व्यापार भने छैन । फिल्मको व्यापार कमजोर हुँदा पनि कलाकारको पारिश्रमिक दर भने घटेको छैन । 

यसैबिच, निर्देशक शोभित बस्नेतले नायिकाहरुमाथि कटाक्ष गरेका छन् । उनले लेखेका छन्–‘हाम्रा हिरोइनहरु १८ लाख पारिश्रमिक लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् ।’

नायिक तथा नायिकाहरुले आफ्नो स्टारडमको भेउ पाउन नसक्दा निर्माता मर्कामा परेका छन् । तर, उनीहरुको भ्रम भने अझै पनि चिरिएको छैन । 

शुक्रबार र शनिबार कलाकारको नाममा फिल्म चल्नुपर्छ । तर, नेपालमा रिलिज भएका थुप्रै फिल्म कलाकारको नाम चलेका छैनन् ।