प्रदीपले फिल्म साइन गर्दा एजेन्सीलाई २५ प्रतिशत कमिसन


नायक प्रदीप खड्का फिल्म ‘प्रेमगीत ३’ पछि मुम्बइमा बढी दौडधुप गरिरहेका छन् । बलिउड फिल्म खेल्नका लागि प्रदीपको दौडधुप देखिएको हो ।  उनले, काम गर्नका लागि एक एजेन्सीसँग ३ बर्षको संझौता समेत गरेको वुझिएको छ । प्रदीप अब उक्त एजेन्सीको सेरोफेरोमा रहेर अगाडि बढ्नेछन् । 

श्रोतका अनुसार, प्रदीपसँग कुनै प्रोजेक्ट वा विज्ञापनमा काम गर्न चाहने कम्पनी वा निर्माताले उनको पारिश्रमिकको २५ प्रतिशत कमिसन स्वरुप एजेन्सीलाई पनि दिनुपर्नेछ । 

यो शर्त नेपाली फिल्ममा समेत लागू हुने वुझिएको छ । विशेषगरि, भारतमा अधिकांश कलाकार एजेन्सीसँग जोडिएर काम गर्छन् । नायिका अदिती वुढाथोकी पनि एक एजेन्सीसँग जोडिएकी छिन् । प्रदीप पनि आफूलाई व्यवसायिक बनाउनका लागि कोशिश गरिरहेका छन् । 

उनले, निर्देशक दिनेश राउतको फिल्ममा काम गर्ने पक्का भैसकेको छ । यस्तै, अर्का निर्देशक दीपक वलीको फिल्ममा पनि उनले काम गर्ने तय भैसकेको छ ।