किन चर्चामा छ गजल ‘के लत बस्यो’ गजल ?


युट्युबमा सार्वजनिक भएको ५ दिनमा ‘के लत बस्यो’ बोलको गजलले २ लाख भन्दा बढी भ्यूज पाएको छ । सुरुवाती दिनमा यो गीतको भ्यूज यति थिएन । तर, सामाजिक संजालमा यो गजल एकाएक चर्चामा आएको छ । 

डाक्टर प्रदीप कुमार मैनालीको शब्दमा तिलक सिंह पेलाको संगीत र स्वर समावेश गीतले आम मानिसको मात्र होइन, संगीतकर्मीहरुको समेत ध्यान तानेको छ । सामाजिक संजालमा यो गजललाई लिएर चर्चा व्यापक भैरहेको छ । 

यो गीतको अडियोले अहिले सर्वाधिक चर्चा पाउनुको कारण यसको शब्द हो । शब्दसँगै स्वर र संगीतले पनि ध्यान तानेको छ । 

सामाजिक संजालमा यो गजलका केही हरफहरु चर्चित भैरहेका छन् । सुन्नै नसकिने शब्दहरुले सामाजिक संजालमा स्थान जमाइरहेको समयमा यो गजलको हरेक पक्ष उत्कृष्ट छ । यसैले, यसको चर्चा ह्वात्तै बढेको हो । विशेषगरि, गजलको तल उल्लेखित हरफ सर्वाधिक रुचाइएको छः 

साथी रहेछ दुःख, हरपल सवार हुन्छ 
सुख पाहुना रहेछन्, छुट्नै हतार हुन्छ ।