सविन श्रेष्ठः कलाकार संघको अध्यक्ष बन्न दौडधुप


फिल्ममा अभिनय, निर्माणसँगै नायक सविन श्रेष्ठ अब चलचित्र कलाकार संघको अध्यक्ष बन्न दौडधुप गरिरहेका छन् । 

सविनका लागि कलाकार संघको अध्यक्ष बन्न खासै सहज छैन । किनकी, मोहन निरौला, रेजिना उप्रेति जस्ता प्रतिस्पर्धीसँग उनको भिडन्त निश्चित छ । 

सविन कलाकार संघको अध्यक्ष बन्न दौडधुप गरिरहेका छन् । कलाकार संघको अध्यक्षमा राजनीतिक कार्ड खेल्ने केही फिल्मीकर्मीलाई उनले भेटिसकेका छन् । उनीसँग सबै सकारात्मक रहेको वुझिएको छ । 

कलाकार संघमा कलाकारहरुको खासै आकर्षण छैन । यसैले, कलाकार  संघलाई सेलिब्रिटी फिगरमा जोड्न आवश्यक छ । सविन श्रेष्ठ यस्ता काममा अगाडि आउन सक्नेमा विश्वस्त छन् । 

अर्कोतिर, सामाजिक काममा समेत लागेका सविनलाई कलाकार संघको अध्यक्ष बन्नका लागि यस्ता कामले केही हदसम्म सहयोग गर्नेछ । सविनले आफूले फिल्मबाट पाएको पारिश्रमिकको १० प्रतिशत कलाकार संघलाई दिने निर्णय पनि गरिसकेका छन् । 

कलाकार संघको निर्वाचन नजिक आउँदै गर्दा सविनको दौडधुप बढेको छ । उनी, निर्वाचन जित्ने प्रयासमा छन् । तर, सहजै उनलाई चुनाव जित्ने वातावरण भने बन्ने छैन ।