‘छड्के २’ टिजरः अनमोल र निर्देशकको कुरा नमिलेको हो ?


नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ फागुणको १९ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको फस्टलुक सार्वजनिक हुँदा अनमोल केसीको चर्चा खुबै भयो । तर, २ दिन अगाडि सार्वजनिक भएको टिजरले भने खासै चर्चा पाएन ।

टिजर हेर्ने अधिकांश खुशी देखिएका छैनन् । अनमोलका फिल्मको कुनै पनि प्रचार सामाग्री सार्वजनिक हुँदा त्यसले खुबै चर्चा पाउथ्यो । तर, यसपटक केही फरक देखिएको छ । 

१ मिनेट ४३ सेकेन्ड लामो टिजरमा अनमोललाई मात्र होइन, फिल्मका सबै कलाकारलाई देखाइएको छ । निर्देशक निगम श्रेष्ठदेखि निर्माता देवु श्रेष्ठले समेत फिल्ममा खेलेका छन् । उनीहरुलाई पनि टिजरमा राम्रै स्थान दिइएको छ । 

यो फिल्मका लागि २  वटा टिजर तयार पारिएको थियो । अर्को, १ मिनेट लामो टिजर २ दिन अगाडि सार्वजनिक टिजर भन्दा अझै उत्कृष्ट र फरक थियो । तर, निर्देशक निगम श्रेष्ठले फिल्मका सबै कलाकारलाई देखाउनुपर्छ भन्दै लामो टिजर छाडे । जसलाई दर्शक, समीक्षक र पत्रकारले खासै रुचाएका छैनन् । 

श्रोतका अनुसार, अनमोल आफै पनि सार्वजनिक नयाँ टिजरबाट सन्तुष्ट छैनन् । उनी, पनि १ मिनेट लामो टिजर नै सार्वजनिक गर्ने सोचमा थिए । तर, निर्देशक निगम श्रेष्ठले लामो टिजर छाडे, जसले फिल्मको चर्चा झनै कम गराइदिएको छ । 

‘छक्का पन्जा ४’सँग जुध्ने भएकाले पनि अनमोलको यो फिल्मका हरेक प्रचार सामाग्री उत्कृष्ट हुनुपर्दछ । पहिलो टिजरबाट निर्माता चुकिसकेका छन् । अब, आउने प्रचार सामाग्री अझै गम्भिर भएर सार्वजनिक गर्नुपर्ने दबाब यसको टिम र स्वयंम अनमोल केसीमाथि पनि छ ।