पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

दीपेन्द्र के खनालको निर्देशनमा पशुपति प्रसाद-२ ‘भस्मे डन’ निर्माण हुने भएको छ ।

आज (आइतबार) ‘पशुपतिप्रसाद’ प्रदर्शन  भएको सात वर्ष पुगेको अवसर पारेर खुसी साट्दै ‘पशुपति प्रसाद-२ ‘भस्मे डन’को घोषणा गरिएको हो।

पशुपति प्रासादको सिक्वेल बन्दा तर्क संगत र अर्थपूर्ण तरिकाले बन्नुपर्छ भन्ने हाम्रो पनि चाहाना छ । र, हामीले त्यसरी नै मेहनेत गरेर यो फिल्म निर्माण गर्न लागेको निर्माण पक्षले विज्ञप्ति मार्फत जानकारी समेत गराएको छ । 

बितेका सात वर्षमा हजारौँ दर्शकले हामीलाई सोध्ने गरेको एउटै प्रश्न थियो र पशुपतिप्रसाद निर्माण भएको माघ १५ गते अर्थात् सात वर्षपछि अब त्यो दिन आएको र पशुपति प्रसादको सिक्वेल बनाउन लागिएको पत्रकार सम्मेलन मार्फत निर्देशक खनालले जानकारी दिए।

फिल्मको घोषणासँगै आगामी असोजको फुलपातीको दिन प्रदर्शन हुने समेत जनाइएको छ । यस फिल्मको निर्माता तथा लेखकमा खगेन्द्र लामिछाने रहेका छन् । 

टुकी आर्टस् प्रा.लिको प्रस्तुति रहने फिल्मको छायाकंन आगामी फागुन दोस्रो साताबाट हुने बताइएको छ । यस्तै, फिल्ममा कृष्ण भारद्वाज र सुवास भुसालको संगीत रहने छ भने, दीर्घ खड्काको सम्पादन रहने छ ।

फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाँ मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारहरूको अभिनय रहने छ ।

तस्विर : राज मल्ल