किन मौन छन् ‘छड्के २ र छक्का पन्जा ४’का निर्माता ?

यो बर्षकै प्रतिक्षित २ फिल्म ‘छड्के २ र छक्का पन्जा ४’ मेकरहरु मौन छन् । फिल्म चल्न १५ दिन बाँकी रहेको अवस्थामा पनि यी दुबै फिल्मका निर्माताहरु मौन देखिएका छन् । दुबै फिल्मको ट्रेलर समेत अहिलेसम्म सार्वजनिक गरिएको छैन । 

फिल्म ‘छड्के २’को मेकरले एउटा टिजर सार्वजनिक गरेको छ । तर, यो टिजरले मिश्रित प्रतिक्रिया पाएको छ । अर्कोतिर, यो फिल्ममा र्यापर भिटेनको गीत समावेश छ । यो गीतलाई केही दिन अगाडि नै सार्वजनिक गर्ने चर्चा भएपनि अहिलेसम्म गीत रिलिज भएको छैन । ट्रेलर कहिले रिलिज हुन्छ, अहिलेसम्म अत्तोपत्तो छैन । 

फिल्म प्रचारका लागि २ महिनादेखि नै लागिपर्ने निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिमलाई अहिले भने फिल्म भ्याउन नै मुश्किल परिरहेको छ । फिल्मको काम नसक्दा उनीहरु पनि प्रचारमा निस्कन पाएका छैनन् । यो फिल्मको ‘दर्शन सलाम’ बोलको गीत भने चर्चामा छ । 

दुबै फिल्मका मेकरलाई आफ्नो फिल्मको कथावस्तु र नामप्रति बढी विश्वास भएको हुनुपर्छ । होइन भने दुई  ठूला भिडन्तमा पनि मेकर अहिलेसम्म मौन रहनु, आफैमा अचम्मको कुरा हो ।