भुवन केसीको हस्तक्षेपपछि ‘छड्के २’को नयाँ ट्रेलर बनाइदै

आज सार्वजनिक हुने भनिएको नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को ट्रेलर अझै तयार भएको छैन । विशेषगरि, यसको निर्माणपक्षले तयार पारेको ट्रेलर अनमोलका पिता भुवन केसीले हेरेका थिए । भुवनले ट्रेलर चित्त नवुझाएपछि नयाँ बनाउन भनेका थिए । भुवन केसीको हस्तक्षेपपछि यसको निर्माणपक्ष फेरि नयाँ ट्रेलर बनाउन लागिरहेको श्रोतले बताएको छ । 

यसकारण, आज ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षको योजना पुरा हुन्छ या हुँदैन पक्का छैन । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको एउटा टिजर र केही अडियो गीत बाहेक अरु कुनै प्रचार सामाग्री सार्वजनिक गरिएको छैन । अहिलेसम्म यसको निर्माणपक्ष अनमोल केसीको स्टारडमका आधारमा मात्र फिल्म चलाउने सोचका साथ अगाडि बढेको देखिन्छ । 

एकातिर, यो फिल्मलाई ‘छक्का पन्जा ४’ जस्तो फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने दबाब छ । अर्कोतिर, अहिलेसम्म फिल्मको प्रचार बलियो तरिकाले भएको छैन । यसैले, यसपटक नायक केसी पनि ठूलो दबाबमा छन् । 
यसअघि फिल्म ‘कृ’को समयमा पनि भुवनले हस्तक्षेप गरेर नायक अनुप विक्रम शाहीको भूमिका काटिदिएका थिए ।