अनमोलसँग काम गर्न ‘कबड्डी’ निर्देशकलाई पारिश्रमिक बाधक बनेको हो ?


निर्देशक रामबाबु गुरुङले हालै मात्र दिएको एक अन्तरवार्तामा नायक अनमोल केसीसँग काम गर्ने बिषयमा कुराकानी भएको बताए । उनले, अनमोलसँग काम गर्ने बिषयमा कुराकानी भएपनि समय नजुरेको उल्लेख गरेका छन् । उनले, अनमोल र आफ्नो पारिवारिक सम्बन्ध रहेको भन्दै चाडै नै एकसाथ काम गर्ने बताएका छन् । 

यसो भन्दै गर्दा, उनले अनमोलको पारिश्रमिकको कुरा पनि उठाएका छन् । रामबाबुले भनेका छन्–‘अनमोलसँग काम गर्छु भन्ने वित्तिकै ८० लाख जुटाउनुपर्छ । यत्रो पैसा मैले कहाँबाट जुटाउनु ? म त गरिब निर्देशक पो हुँ त ।’

रामबाबुले अनमोल जस्तो स्टारसँग काम गर्ने चाहना हरेक निर्देशकको हुने समेत उल्लेख गरेका छन् । 

व्यक्तिगत रुपमा आफूलाई अनमोल निकै मन पर्ने भन्दै आफू उनको शुभचिन्तक भएको रामबाबुको कथन छ । रामबाबुले अनमोल र आफूबिच समय समयमा कुराकानी भैरहने समेत बताए । 

रामबाबुका अनुसार, अनमोलको द सुपर काजोल फिल्मस् र आफ्नो बासुरी फिल्मस्को टिमअप भएर काम गर्नुपर्छ भन्ने बिषयमा बारम्बार छलफल हुने गरेको पनि बताए ।