‘प्रसाद २’को फस्टलुकमा विपिन, केकी र अर्पण


एसजी फिल्मसँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै तयार भएको फिल्म ‘प्रसाद २’को फस्ट लुक सार्वजनिक गरिएको छ । 

सार्वजनिक पोष्टरमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालाई देख्न सकिन्छ । यो फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् । लभ स्टोरी फिल्म निर्माण माहिर मानिएका सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शक माझ आउँदैछन् । 

फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै क छ र’ राखिएको छ । यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो । फिल्मको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् । 

फिल्म ‘प्रसाद २’ले जातियताको मुद्दालाई उठान गरेको छ । निर्देशक सुदर्शन थापाले फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरे । यो फिल्मको ट्रेलर भोलि बिहान सार्वजनिक हुँदैछ ।