‘छड्के २’बाट निगमले कसरी अनमोलको करिअर नै दाउमा राखिदिए ?


शुक्रबारबाट रिलिज भएको नेपाली फिल्म ‘छड्के २’ले बक्स अफिसमा खराब व्यापार मात्र गरेको छैन, समीक्षक र दर्शकबाट पनि निकै कमजोर समीक्षा पाएको छ । निगम श्रेष्ठको लेखन र निर्देशनमा तयार भएको यो फिल्मको शुक्रबार र शनिबार दयनीय व्यापार छ ।

नायक अनमोल केसीको करिअरकै सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म ‘छड्के २’ बनेको छ । साथै, अनमोल केसीले अभिनय गरेका फिल्ममध्ये सबैभन्दा खराब समीक्षा पनि यसैले पाएको छ । 

निर्देशक निगम श्रेष्ठले यसपटक अनमोलको करिअर नै दाउमा राखिदिएका छन् । निगमलाई विश्वास गर्दा अनमोल केसी पनि असफलता भोग्न वाध्य बनेका छन् । फिल्मको लेखन, निर्देशन मात्र होइन, निगमले अभिनय पनि गरेका छन् । उनको ‘खजुरे’ पात्रले पनि दर्शकलाई दिक्दार बनाउँछ । 

फिल्मको मुख्य भिलेन रोविन तामाङ भए पनि, निगमले आफूलाई नै हाबी बनाउँदा फिल्म भद्रगोल बनेको छ ।