रिलिजको छैटौं दिनमै मल्टिप्लेक्सबाट उत्रियो ‘छड्के २’


नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ रिलिजको छैटौं दिनमा मल्टिप्लेक्सबाट उत्रिएको छ । यो फिल्मलाई क्यूएफएक्स चेनले सबै हलबाट उतारेको छ । 

यस्तै, फिल्मलाई अन्य हलहरुले पनि उतारेका छन् । तर, आजबाट रिलिज हुनुपर्ने बलिउड फिल्म ‘तु झुटी मे मक्कर’को बिहानी शोज सेन्सर नभएका कारण रद्द भएपछि केही मल्टिप्लेक्सले ‘छड्के २’लाई एक शोज मात्र दिएका छन् । 

नायक अनमोल केसीको करिअरमै पहिलो पटक कुनै  फिल्म रिलिजको छैटौ दिनमा नै हलबाट उत्रिएको हो । खराब समीक्षाका कारण हलमा दर्शक नै नभएपछि यो फिल्म ५ दिन मात्र रिलिज हुन सक्यो । तर, ५ दिन पनि फिल्मले खराब व्यापार गरेको छ । 

निर्देशक निगम श्रेष्ठले यसपटक अनमोल केसीको करिअरलाई नै संकटमा पारिदिएका छन् । अर्कोतिर, अनमोल केसीको फिल्म असफल नै हुँदैन भन्ने तर्कलाई पनि ‘छड्के २’ले तोडिदिएको छ ।