माफी मागेर अनमोलले कमाएको वाहवाही

यो साता नायक अनमोल केसीका लागि सुखद रहेन । केसी अभिनित फिल्म ‘छड्के २’ले बक्स अफिसमा दर्शक बटुल्न सकेन । अनमोलले आफ्नो करिअरमा यति कमजोर व्यापार यसअघि देखेका थिएनन् । यसैले, पनि यसपटक अनमोलको स्टारडममाथि प्रश्न उठ्नु स्वभाविक नै हो ।
तर, फिल्म रिलिज भएको एक सातापछि अनमोलले आम दर्शकसँग माफी मागेका छन् । अनमोलले यसपटक आफूबाट गल्ती भएको भन्दै दर्शकलाई फिल्ममाफर्त सन्तुष्ट पार्न नसकेकोमा माफी मागेका हुन् ।
फिल्म चलेर असफल भएपछि कलाकारहरु त्यसलाई स्विकार गर्न सक्दैनन् । अझ, असफल फिल्मको जिम्मेवारी आफ्नो काँधमा लिन त उनीहरुको पसिना छुट्छ । तर, यसपटक अनमोलले सहजै आफ्नो गल्ती स्विकार गर्दै आउँदो प्रोजेक्टमा परिपक्क भएर फर्किने वाचा गरेका छन् ।
अनमोलले आफू फेरि शुन्यमा रहेको भन्दै आफ्नो् दशौं फिल्म सुरुवात हुने तर्क गरेका छन् । दर्शकलाई निराश बनाएकोमा माफी माग्दै अनमोलले परिपक्क हुनुपर्ने समयमा भुल भएको लेखेका छन् ।
अनमोलले सामाजिक संजालबाट गल्ती भएको भन्दै माफी मागेपछि सामाजिक संजालमा यसको चर्चा भैरहेको छ । अनमोलको चौतर्फी तारिफ समेत भैरहेको छ ।
अनमोल यसै अनमोल भएका होइनन् भन्दै उनको तारिफ गर्नेमा फिल्मीकर्मीदेखि संचारकर्मी र दर्शक छन् ।
पक्कै पनि कुनै कलाकारको करिअरमा सबै फिल्म हिट हुन्छ भन्ने हुँदैन । तर, कहिलेकाही असफलता भोग्दा त्यसलाई स्विकार गर्न सक्नु महानता हो । अनमोलले ‘छड्के २’ असफल भएपछि त्यो महानता देखाएका छन् ।

यस्तो छ आँचल अभिनित 'हिटम्यान'को पोस्टर र टिजर

दयाहाङ्ग र रिस्मा फेरि एकसाथ ‘रिमै’मा देखिदै
फिल्म 'जम्प' को ‘फेरि फर्किन्छ’ गीत सार्वजनिक

‘एडल्ट’को नाममा ‘एनिमल’माथि धेरै उदार बनेको सेन्सर बोर्ड

बिदेश यात्राबाट फर्किएपछि मात्र नयाँ फिल्ममा काम गर्छुः स्वस्तिमा खड्का

एक बर्षदेखि पुष्पले किन साइन गरिरहेका छैनन् फिल्म ?

‘चित्रा’ निर्देशक लामिछाने भन्छन्–हामीले अरुको कथा हेर्यौं, आफ्नो भन्न सकेनौं’

प्रतिक्रिया