कुष्मा पुगेर अनमोलले गरे बन्जी जम्प र स्काई साइक्लिङ


नायक अनमोल केसी फिल्म ‘छड्के २’ रिलिजपछि तनाव हटाउन कुश्मा पुगेका छन् । कुश्मा पुगेर उनले बन्जी जम्प र तथा स्काई साइक्लिङ समेत गरेका छन् । बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका संचालक राजु कार्कीले जानकारी दिए । उनी, बन्जी जम्प गर्दा निकै खुशी देखिएका थिए । अनमोल बन्जीमा रमाउँदा उनमा कुनै डर देखिएको थिएन । 

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । 

अनमोल अभिनित फिल्म ‘छड्के २’ फागुन १९ गतेबाट रिलिज भएको थियो । तर, बक्स अफिसमा यो फिल्मले पानी समेत भन्न पाएन । यो फिल्म असफल भएपछि अनमोल तनाव भुलाउन कुश्मा पुगेका हुन् । अनमोलले चाँडै नै फिल्म ‘जेरी २’को छायांकन सुरु गर्दैछन् ।