८० लाखमा नेपाल भित्रियो हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’

 

चैत्र १० अर्थात् भोलि शुक्रबारबाट नेपाली सिनेमा हलमा हलिउड सिनेमा जोन वीक च्याप्टर ४ु रिलिज हुनेछ । सिनेमाले नेपाली मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ । बुधबार खुलेको अग्रिम टिकट बूकिङ पनि निकै राम्रो देखिएको छ । सिनेमाको नेपाल रिलिज अधिकार सिंहदेवी प्रोडक्सनले लिएको छ ।

नेपालमा महँगो मूल्यमा जोनवीक ४ को राइट्स खरिद गरेको सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले बताए । वुझिएअनुसार, ८० लाख नेपाली रूपैयाँमा यो फिल्मलाई नेपालमा ल्याइएको हो । केइनु रिभ्स स्टारर सिनेमा विश्व भरका दर्शक माझ निकै प्रतीक्षित छ ।

सिनेमाको रिलिज पूर्व युकेमा गरिएको प्रिमियरमा पनि निकै राम्रो समीक्षा पाएको थियो । जसको कारण पनि यो सिनेमा दर्शक माझ निकै प्रतीक्षित बनेको हो । सिनेमाले भारत, चिन, युके र अमेरिकी बक्स अफिसमा उछाल ल्याउने अपेक्षा छ ।