प्रियंका आइन्, फोटो खिचाइन्, गइन्

शुक्रबार काठमाडौंको बीग मुभिजमा आयोजना भएको फिल्म ‘जारी’को ट्रेलर रिलिजमा नायिका प्रियंका कार्की सरप्राइज दिदै उपस्थित भइन् । वुझिएअनुसार, प्रियंका कुनै एक प्रोजेक्टको छायांकनबाट यो फिल्मको ट्रेलर रिलिजमा आएकी थिइन् ।
कार्यक्रम चलिरहँदा आएकी प्रियंकाले ट्रेलर भने हेर्न पाइनन् । कारण थियो, उनी ट्रेलर देखाइसकेपछि पुग्नु । तर, प्रियंकाका लागि एक पटक ट्रेलर फेरि देखाउन पत्रकारहरुले गरेको आग्रहलाई पनि मेकरले खासै वास्ता गरेनन् । प्रियंकालाई कार्यक्रममा निमन्त्रणा गरिसकेपछि फिल्मलाई शुभकामना दिन समेत मेकरले आग्रह गरेनन् ।
प्रियंका भने कार्यक्रम सकिएपछि पनि फिल्मका मुख्य २ कलाकार दयाहाङ राई र मिरुना मगरसँग फोटो खिचाउन व्यस्त देखिइन् । उनले, यो फिल्मको बारेमा एक शब्द न कार्यक्रममा बोलिन् न कार्यक्रम सकिएपछि मिडियाकर्मीसँग नै बोलिन् । उनी, कार्यक्रममा ‘फूलबारी’का निर्देशक रामबाबु गुरुङका लागि आएको प्रष्ट हुन्थ्यो ।
प्रियंका कार्यक्रममा ढिलो आएपनि अर्की नायिका शिल्पा मास्के सुरुवातमै आएकी थिइन् । तर, उनलाई पनि आयोजकले एक शब्द बोल्न दिएन ।
यी दुई नायिकाले ‘जारी’लाई साथ दिन कार्यक्रममा पुगेको प्रष्ट थियो । तर, दुबै जना आए, फोटो खिचाए अनी गए । यसले, फिल्मको प्रमोशन भयो कि यी दुबै नायिकाले मिडियामा स्थान पाए । वुझ्ने काम त मेकरकै ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया