मीनासँग दोस्रो विवाह गर्दै धनुष
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dhanush-meena_6gaYoXpXGG_ybgityrcnt52tqijtpxgejdlvedwxo8knnu97qxwadiukhkqq16xzyrbtxnz_lW74BBlyhD_v7yxe6el5lwphiketfnkziuftsfkp6khrhoi2hxsatjdwuqr5ihiapnkstpw.jpg)
तमिल फिल्म उद्योग यतिबेला चर्चामा छ । खास गरी तमिल सुपरस्टार धनुषले अभिनेत्री मीना विद्या सागरसँग विवाह गर्ने तयारी रहेको खबर बाहिर पछि तमिल उद्योग चर्चामा आएको हो । यी दुवै कलाकार एकल अभिभावकको भूमिका निभाइरहेका छन् ।
मीना साउथ फिल्मकी ठूलो स्टार हुन् । उनले तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी भाषाका फिल्ममा काम गरेकी छन् । मीना विधवा नारी हुन् । उनको पहिलो विवाह सन् २००९ मा विद्यासागरसँग भएको थियो । गत वर्ष विद्यासागरको कोरोनाका कारण निधन भएको थियो ।
मीनाको १२ वर्षकी छोरी छिन् । उनको हेरचाह मीनाले नै गर्दै आएकी छन् । मीना धनुषभन्दा ७ वर्ष जेठी छिन् । मीनाको उमेर ४६ हो भने धनुष ३९ वर्षका हुन् ।
धनुष आफैंमा डिभोर्सी अभिनेता हुन् । गत वर्ष उनले ऐश्वर्या रजनीकान्तसँग सम्बन्धविच्छेदको घोषणा गरेका थिए । धनुष तमिल फिल्मका ‘थलाइवा’ रजनीकान्तका पूर्व ज्वाइँ हुन् । धनुषको अर्की युवतीसँग अफेयर रहेको चर्चा चलेपछि ऐश्वर्यासँग सम्बन्धविच्छेद भएको थियो । यद्यपि यो कुराको हालसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
धनुषका दुई छोरा यार्थ र लिंगा छन् । ऐश्वर्यासँग सम्बन्धविच्छेद पछि धनुष प्रायः दुई छोराका साथ समय बिताइरहेका छन् । धनुषले मीनासँगको सम्बन्धबारे अफवाह भने पनि मीनाले भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_XoWRvXU6Kv_f8zkhkrlp9upvblkcw3wioptebi5vpvli7b4uv2sbkjlhq9z4nxhorf9hkft.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_lI8f1HcvaB_qzxojv6gplpfxl8p5bezexh8lji1t8mfj9rst9krcdrpczdjqhn7385ayct6.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_9UMgcTffaB_enufraqj4ntutqxnamf4vmlqzut6b24xxepnhzrbrypozaakwzlqckfoqrvo.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_TSTRNYG5Vi_mdaf3atj8uno7fx8mrigedi5uve0ni8v5pkmu65vduthncthfzr9kit16cu8.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_88dWnN2wXO_gu22vfk2hkl7cimdiyaytzz7pvm4fffv9zxfzlr0ytwl71r6jaqpffnzp5gi.jpg)
प्रतिक्रिया