‘मीराः स्याडो अफ अ रेन्बो’मा सुरविना


नेपाली फिल्म ‘मीरा स्याडो अफ अ रेन्बो’को मैतीदेवी मन्दिरमा शुभ साइत गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थितिको समस्या र कसैसँगको गोप्य सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्ष पूर्ण कथामा यो फिल्म बन्न लागेको हो । यो फिल्मलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् ।

फिल्ममा नायिका सुरबिना कार्की, कलाकारहरू निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भूमिका छ । आश्वी फिल्मस्ले निर्माण गरेको यो फिल्मको लाइन प्रोड्युसर शंकर कार्की हुन् । फिल्मको शुभ साइतपछि निर्देशक पण्डितले भनिन्–‘प्राकृतिक रुपमा नै फरक महशुश गर्ने महिलाहरूको कथा समेत यो फिल्ममा देखाइनेछ । बच्चाको अटिजम समस्या र सम्बन्धलाई देखाउन चाहने आमाको कथा यो फिल्मको प्रमुख कथा हो ।’

नायिका सुरबिना कार्कीले आफूलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएको ले अभिनय गर्न लागेको बताइन् । उनले, यो फिल्मलाई सेक्सुवालिटीलाई एक्सप्लोर गर्न चाहने महिलाको कथा भनेकी छिन् ।

यसैसाता, छायांकन सुरु हुने फिल्ममा शिवपुरी, पाटन, रानीबन लगायतका स्थानहरुमा फिल्मको छायांकन हुनेछ । फिल्ममा एलिस कार्कीको संगीत, अनिल कटुवालको छायांकन हरनेछ ।