‘कामिनो’का कलाकारको लाइनअप पुरा, सौगातदेखि प्रदीपसम्म जोडिए


फिल्म ‘कामिनो’का लागि कलाकार फाइनल भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा सबै कलाकारहरु फाइनल भएको निर्माणपक्षले बताएको छ । फिल्ममा प्रदीप खड्का, वर्षा सिवाकोटी, नीति शाह, राजबल्लभ कोइराला, सौगात मल्ल फाइनल भैसकेका थिए ।

निर्माणपक्षले अब भोलराज सापकोटा, प्रविण खतिवडा, रविन्द्र झा, कुलदीप अधिकारी र आइपी आचार्यलाई पनि फाइनल गरेको छ । योसँगै नेपाली कलाकारको लाइनअप सकिएको निर्देशक ओलीले जानकारी दिए । 

एक्सेस नेपाल फिल्मस्को निर्माणमा तयार हुन लागेको फिल्मका कार्यकारी निर्माता सुनील बिष्ट गौली हुन् । महेश दवाडीको कथा रहेको यो फिल्मको छायांकन नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा हुनेछ । फिल्मका लागि एक जना भारतीय र एक जना ब्राजिलेयिन कलाकार भने छनौट गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ । 

बैशाखको दोश्रो साताबाट छायांकन सुरु हुने यो फिल्मको वर्कशप पनि सकिएको छ । सौरभ लामाको छायांकन रहने फिल्ममा एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन छ ।

दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा सागर श्रेष्ठ छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।