‘प्रेमा, प्रसाद २ र बहाव’मा कुन बन्ला यो बर्षको तेश्रो ब्लकबस्टर ?


यो बर्षको अन्तिम २ सातामा अब ३ वटा फिल्म मात्र रिलिज हुन बाँकी छ । यो बर्षको अन्तिम २ सातामा ‘प्रेमा, बहाव र प्रसाद २’ रिलिज हुन बाँकी छ । 

कोरानाका कारण आक्रान्त बनेको नेपाली फिल्म क्षेत्रलाई यो वर्षले ठूलो राहत दिएको छ । यो बर्ष नेपाली फिल्म क्षेत्रले २ वटा ब्लकबस्टर फिल्म पाएको छ । यो बर्ष राम बाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४’ र हेमराज बीसीको निर्देशनमा बनेको फिल्म ‘छक्का पन्जा ४’ ब्लकबस्टर व्यापार गर्न सफल भए । 

यसैले, अब के यो वर्षले अर्को ब्लकबस्टर फिल्म पाउला त भन्ने अपेक्षा गर्न सकिन्छ । विपिन कार्की, केकी अधिकारी र अर्पण थापा अभिनीत तथा सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘प्रसाद २’ले बक्स अफिसमा गर्ने व्यापारमा धेरैको चासो छ । 

यस्तै, ‘प्रसाद २’सँग रिलिज हुन लागेको अर्को फिल्म ‘बहाव’ पनि प्रचारप्रसारमा आक्रामक देखिएको छ । सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्मले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान लगाउन सकिन्छ । 

यस्तै, शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘प्रेमा’को फरक प्रेमकथाले दर्शकलाई बाँधेर राख्ने विश्वास धेरैको छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको यो फिल्ममा अरुण क्षेत्री, श्रृष्टी श्रेष्ठ र शुभेक्क्षा खड्काको मुख्य भूमिका छ । 

यदि, यी तिनै फिल्मको व्यापार बम्पर भयो भने वि.सं २०७९ सालको सुखद बिदाई हुनेछ । होइन भने, तिनै फिल्मको हिट व्यापारले पनि नेपाली फिल्म क्षेत्रका लागि सकारात्मक सन्देश दिनेछ ।