आलोचित भएपछि सिपोराको प्रश्नमा आँचलको ‘नो कमेन्ट’


नेपालीमा एउटा उखान छ नी, ‘बोल्न पायो भन्दैमा प्याच्च नबोल्नु’ । यो उखान त अझ, सेलिब्रिटीको लागि झनै लागू हुन्छ । कुनै पनि कुराले बहस निम्त्याउने भएका कारण पनि कलाकारहरुले बोल्ने बेलामा सय पटक सोच्नुपर्दछ । 

झट्ट बोल्दा चर्चा पाइने लोभ पलाएरै होला कलाकारहरु नसोची बोलिदिन्छन् । तर, पछि त्यसले गर्ने असरबारे उनीहरुलाई हेक्का नै हुँदैन । जब, आफूले बोलेको कुराले आलोचना भोग्न थाल्छ, तब उनीहरु पछुताउँछन् । 

नायिका आँचल शर्माले भलिबल खेलाडी तथा नायिका सिपोरा गुरुङलाई आफ्ना श्रीमान् उदिप श्रेष्ठको पूर्व प्रेमिका भएको भनेर एक राष्ट्रिय टेलिभिजनमा जवाफ दिइन् । उनले बोलेको यो कुराले सर्वाधिक आलोचना भोग्यो । आँचलले सिपोराको गोपनियताको समेत ख्याल नराखेको भन्दै आलोचना भयो । 

अब, आँचल सिपोराको बिषयमा प्रश्न आउँदा मुख थुन्न थालेकी छिन् । हालैमात्र, अर्को एक अन्तरवार्तामा उनले सिपोराको प्रश्नमा ‘नो कमेन्ट’ मात्र भनेकी छिन् । अर्थात, आँचलले आलोचित भएपछि बल्ल वुझिन् । तर, आँचललाई के थाहा यो कुरा धेरै ढिला भैसकेको छ । 

फिल्मको प्रमोशनमा हिडेकी आँचल व्यक्तिगत रुपमा आलोचित र ट्रोल हुँदा त्यसले फिल्मलाई कुनै फाइदा नै गरेको छैन । सायद, अब आँचलले यो कुरा वुझिन् कि ?