३ सय करोडमा बन्दै ‘टाइगर भर्सेस पठान’


यशराज फिल्मस्ले निर्माण गर्न लागेको नयाँ फिल्म ‘टाइगर भर्सेज पठान’ महँगो रकममा तयार हुने भएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार हुने यो फिल्ममा बलिउडका दुई सुपरस्टार नायकहरू साहरूख खान र सलमान खानले मुख्य भूमिकामा काम गर्दैछन् ।

यो फिल्मको छायांकन सन् २०२४ बाट सुरु गर्ने तयारी यशराजको छ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने निर्माणपक्षले तयारी गरेको छ । भारतीय मिडियाका अनुसार, यो फिल्म बलिउडकै सबैभन्दा महँगो फिल्म बन्ने भएको छ । फिल्मका लागि यशराजले ३ सय करोड लगानी गर्दैछ । 

३ सय करोडमा साहरूख र सलमानको पारिश्रमिक समावेश गरिएको छ । साहरूख र सलमानले फिल्मको नाफाबाट मुनाफा लिनेछन् । बलिउडका सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको यो फिल्मलाई लिएर अहिले बाट नै चर्चा सुरु भइसकेको छ । 

स्पाई यूनिभर्स अन्तर्गत बन्ने फिल्ममा साहरूख र सलमानको एक अर्कासँगको टकराब देखाइनेछ ।