जिब्रो चिप्ल्याउने आँचल, दोषी चाहिँ मिडिया

नेपाली फिल्मका कलाकार भविष्यलाई नसम्झी वर्तमानमा नै बोल्छन् । तर त्यो बोलीले आफ्नो करियर र व्यक्तिगत जीवनमा कस्तो असर पारेको छ भन्ने चाहिँ भेउ पाउन उनीहरूलाई राम्रै समय लाग्छ । क्यामरा र बुम आफ्ना अगाडि तेर्सिएपछि बोल्न हौसिने र सामाजिक सञ्जालमा मनका कुरा लेख्ने भन्दा अर्को कलाकारको बारेमा टिप्पणी गर्दाको तनावले उनीहरू आफू चिप्लिसकेको थाहा नै पाउँदैनन् ।

जो आफ्नो बोलीबाट आलोचित हुन्छन् अनि मात्र गल्ती थाहा पाउँछन् । तर त्यो समयावधि बितिसकेको हुन्छ । केही समय अघि अभिनेत्री आँचल शर्मा आफूले बोलेको कुराले आलोचना भोग्न बाध्य थिइन् ।

आँचलले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सिपोरा गुरुङको गोपनीयताको ख्याल नराखेको भन्दै आलोचना भएको थियो । तर, उनै आँचलले हालै दिएको एक अन्तर्वार्तामा कन्ट्रोभर्सी आफूले बोलेका कुरा भन्दा पनि बढी मिडियाकर्मीले नै बनाइदिएको आरोप लगाएकी छन् ।

आँचलले भनेकी छिन् ‘कन्ट्रोभर्सी भन्ने कुरा मलाई के लाग्छ भने यो मैले बनाउने चिजै होइन । मैले बोलेका चिजहरू अरूले नै खण्डन गरिदिएर नै कन्ट्रोभर्सी निकाल्दिने हो, अरूले खण्डन गरिदिएपछि त्यसलाई कन्ट्रोभर्सी भन्छन् । कसैलाई मन पर्छ कसैलाई मन पर्दैन र मलाई यस्तो लाग्छ दर्शकसम्म पुग्ने माध्यम मिडिया नै हो । मेरो कुरा मिडियाकर्मीलाई मन पर्दैन र नै उहाँहरूले मेरा विरुद्ध समाचार बनाइदिनुहुन्छ ।’

उनले आफू दर्शकसँग नपुगेका कारण त्यो विवादको श्रेय मिडियालाई नै जाने दाबी गरेकी छन् । ‘यो आँचलले बोलेको र यो कन्ट्रोभर्सी बनाउने विषय हो, यसलाई कन्ट्रोभर्सी बनाइदिऊँ भनेर सबै गर्ने काम मिडियाले नै हो ।’

आँचलले यसो भनेकी छन्

"कन्ट्रोभर्सी भन्ने कुरा मलाई के लाग्छ भने भन्दा खेरी मैले उत्पादन गर्ने चिजै होइन मैले बोलेका चिजहरू अरूले नै खण्डन गरिदिएर नै कन्ट्रोभर्सी निकाल्दिने हो । अरूहरूले खण्डन गरिदिएपछि त्यसलाई कन्ट्रोभर्सी भन्छन् । कसैलाई मन पर्छ कसैलाई मन पर्दैन र मलाई यस्तो लाग्छ दर्शक सम्म पुग्दै नपुगौँ यो मिडियाहरूलाई नै हो मन परेको नपरेको त्यही भएर मिडियाकर्मीले नै समाचार बनाइदिनु हुन्छ । केही मिडियाकर्मीलाई मैले बोलेको मन पर्छ कसैलाई मन पर्दैन त्यही भएर दर्शकसम्म जाँदै नजाऔँ विचारा दर्शकहरूले त रुचाउनु भइरहेकै हुन्छ । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्नु हुन्छ । तर म त दर्शकसम्म त पुगेकै छैन यहाँ कन्ट्रोभर्सी त मिडियाको लागि मात्र हुने हो । यो कुरा मिडियालाई नै थाहा हुन्छ यो कन्ट्रोभर्सी निकाल्नु पर्ने हो । बोल्यो आँचलले भनेर अनि यो चैँ कन्ट्रोभर्सी बनाउने अनि हामी चैँ यो कन्ट्रोभर्सी बनाइदिऊ, यसलाई चैँ कन्ट्रोभर्सी भनिदिऊ भन्ने कुरा मलाई चैँ लाग्छ यो केही त्यसता मिडियाकर्मीहरूकै काम हो । जसले चैँ चासो राख्नु हुन्छ र तिनीहरूको लागि राम्रो कुरा होला ।"

आँचलले आलोचित भएपछि बल्ल बुझिन् या त आफूले बोलेका कुराको सधैँ मिडियासँग आलोचित कुरामा नबोली राख्नु परोस् भनेर पन्छिन खोजेकी हुन्छिन् यो उनै जानुन् । तर, आफूले बोले शब्दहरूबाट जति नै भाग्न भनौँ या पन्छिन खोजे पनि आँचल जी मिडियाको कमै हो गलतलाई गलत र सहिलाई सही हो भन्ने ।

तपाई आफैले दिएका हरेक अन्तर्वार्ता हेर्ने हो भने हरेक ठाउँमा कहिन कहीँ आफू बोल्दै गर्दा गलत गरिराख्नु भएकै हुन्छ । त्यही पनि आफू बोल्दा सम्यम्ता अपनाउन जरुरी छ । तर, मिडियालाई दोष दिएर मात्र न होला नि हैन र ? यदि तपाई सेलिब्रेटी नभएको भए पो मिडियाले खोजी खोजी हिँड्ने थिएनन् होला । कि कसो हो ?