फिल्म ‘प्रसाद २’को प्रिमियर हेरेपछि को कलाकारले के भने ?

आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘प्रसाद २’ले राजधानीमा सोमबार साँझ प्रिमियर गर्यो । फिल्म हेर्न फिल्मकर्मीदेखि सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । फिल्म हेरिसकेपछि फिल्मकर्मीले फिल्मका विषयमा आफ्नो बुझाई राखेका थिए ।

अभिनेत्री पुजा शर्माले आफु बोल्न कम गरेको भन्दै फिल्म ‘दामी’ भएको प्रतिक्रिया दिइन् । फिल्म हेरे पछि धेरै ठाउँमा आफू होल्ड भएको र कतिपय दृश्य शरीरमा ‘काँडा नै उम्रिएको’ दाबी गरिन् । ‘म पहिलेदेखि नै फिल्म हिट हुन्छ र दोस्रो भाग राम्रो बनेको छ भन्नेमा विश्वस्त थिएँ । मैले सुदर्शन थापाको सोसल ड्रामादेखि प्रेमकथाका हरेक फिल्म हेरेको छु । त्यही भएर म ढुक्क थिएँ’, उनले भनिन् । 

अर्की अभिनेत्री रेखा थापाले निर्देशक सुदर्शन थापाको खुलेरै तारिफ गरिन् । ‘म निर्देशक सुदर्शन थापाको कामको सधै नै फ्यान हुँ । प्रसाद २ हेरेपछि त अझै फ्यान भएँ । यो फिल्म हरेक कोणबाट उत्कृष्ट छ’, रेखाले भनिन् । 

रेखाले फिल्मले समाजको कथा बोलेको बताइन् । यस्ता कथाहरु भन्न आवश्यक रहेको भन्दै रेखाले सुदर्शनले उत्कृष्ट तरिकाले सामाजिक यथार्थता देखाउन सफल भएको तर्क गरिन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले सुर्दशन थापाको तारिफ गर्दे उनी व्यावसायिक सफल हुने निर्देशक रहेको बताए । ‘सुर्दशनले जसरी जुन पनि फिल्ममा काम गर्छन्, छुट्टै र त्यसमा फरक प्रस्तुति दिन्छन् । उनी सलामको भागेदार छन्’, निर्देशक देउजाले भने, ‘यो फिल्मको कथालाई जसरी उनले डोहो¥याएर लगेका छन्, त्यसका लागि उनी सराहनीय छन् ।

लेखक सुशील पौडेलको काम पनि तारिफ योग्य छ । उनले कल्पना गरेको भन्दा बाहिर महाभारतलाई ल्याएर नेपालको कुनै एउटा गाउँ, समाज परिवेशमा जोडेर महाभारतको सकुनी, दुर्योधन, युधिष्टिर, पाण्डव, द«ौपदी, भीष्मपितामहलगायतका कुरालाई जुन कुराले समेटेर फिल्मलाई उत्कृष्ट नमुना दिएका छन् त्यसका लागि लेखक तारिफ योग्य काबिल छन् । 

अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले पनि फिल्म मनपराएको बताए । उनीहरुले फिल्मको कथा, अभिनय र डिओपीको काम राम्रो लागेको बताए । ‘प्रसाद हामीले नम्रता दिदीसँगै बसेर हेरेका थियाँै । एकदमै संवेदनशील विषयलाई उठाएको छ । अहिलेको फिल्ममा नारी शक्तिकरणको विषय उठाएको रहेछ’, जसिताले भनिन् ।

अभिनेता धिरजले आफू निर्देशक सुदर्शन थापाको कामबाट प्रभावित भएको बताए । ‘आशा छ, म छिट्टै उहाँसँग यस्तै फिल्ममा सहकार्य गर्नेछु’, धिरजले भने ।

निर्देशक शोभित बस्नेतले निर्देशक सुदर्शन थापाले सधै राम्रो प्रेमकथाको फिल्म बनाइरहँदा प्रेमकथाभन्दा फरक कथाको फिल्म बनाउन सक्नु उनको खुबी भएको बताए । ‘उनी अब्बल निर्देशक हो भन्ने प्रसाद २ ले देखाइ सकेको छ । केकी अधिकारी ले राम्रो काम गरिन् तर यो फिल्मको हाइलाइट भनेको अर्पण थापा हुन्’, शोभितले भने ।

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले आफूलाई फिल्मको कथा र निर्देशक सुदर्शन तथा अभिनेत्री केकीको काम मनपरेको बताए । ‘विपिन र अर्पणको काम पनि दमदार छ । फिल्मको कथा, बिषयवस्तु सबै राम्रो छ । सबै दर्शकले यो फिल्म हेर्नुपर्छ’, उनले भने ।

कलाकार बसुन्धरा भुषालले यो फिल्म हेरेर धेरै ठाउमा रोएको बताइन् । ‘यति वास्तविक कथा छुवाछुत, एउटा गाउँको परिवेश, राजनीति, बाउकोे माया, बच्चाको भावनालगायतले भावुक बनायो’, बसुन्धराले भनिन्, ‘खलनायकको अभिनय पनि राम्रो छ ।’

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले आफूलाई अघिल्लो फिल्म भन्दा ‘प्रसाद २’ मनपरेको खुलाए । ‘हामीले गाउँघरमा देखिइरहने कथालाई टपक्क टिपेर फिल्ममा देखाइएको छ’, उनले भने ।

रमेश उप्रेतीले फिल्म एकदमै सान्र्दर्भिक लागेको बताए । ‘सुन्दर गाँउ, सुन्दर कथा र सुन्दर अभिनय गर्ने कलाकरहरु र समाजमा भैरहेको घटनालाई फिल्ममा उतारको एकदमै मन पर्यो । यो ग्रहमा जन्मिएर को ठुलो को सानो होईन सबै मान्छे बराबर अनि महिला र पुरुष मात्र जात छ भन्ने जुन सन्देश दिन खोजेको छ त्यो एकदम सान्दर्भिक लाग्यो’, रमेशले भने ।