दुई ठूला फिल्मको चेपुवामा 'कैदीको पत्र', क्युएफएक्समा छैन शो

शुक्रबारबाट तीन फिल्म ‘प्रसाद २’, ‘नाइँ नभन्नू ल ६’ र ‘कैदीको पत्र’ प्रदर्शनमा आउँदैछन् । दुई ठूला फिल्म ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ले देशभरका हलमा राम्रो शो पाएका छन् । तर ‘कैदीको पत्र’को हकमा भने अवस्था फरक छ ।
‘कैदीको पत्र’ले देशभरी ५० वटा हल पाए पनि प्रमुख हल क्यूएफएक्स च्यानलमा भने यो फिल्मलाई शो नै दिएको छैन । क्यूएफक्स च्यानल बक्सअफिसका लागि महत्वपूर्ण थिएटर हो ।
क्यूएफएक्सले भने फिल्म निर्माण पक्षले आफूहरुलाई शो नदिएको आरोप लगाइरहँदा आफूहरुले पनि उनीहरुको कुरालाई मध्यनजर गर्दै शो नदिएको जनाएको छ । ‘पहिला अन्य फिल्महरुले धेरै फिल्म जुध्दा हामीमाथि शो नदिएको आरोप लगाउँथे । अहिले कैदीको पत्रको अवस्था पनि त्यही हो । ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’को हकमा भने दुवै फिल्मलाई टिमले शो दिने निर्णय गरेकाले ‘कैदीको पत्र’ पछि परेको हो’, क्यूएफएक्सकी तृप्ति गिरीले भनिन्, ‘कैदीको पत्रमाथि हामीले अन्याय गरेको होइन । उहाँहरुले नै फिल्मको प्रदर्शनका लागि चासो नदेखाउनुभएकाले दुई ठूला फिल्मलाई मात्र हामीले शो दिएका हौं ।’
फिल्म ‘कैदीको पत्र’ले भने ‘प्रसाद २’ र ‘नाइँ नभन्नू ल ६’ भन्दा अघि नै वैशाख १५ लाई रिलिज मिति तोकिसकेको थियो । दुई ठूलो फिल्म सेन्सरको झमेलामा परेपछि गत चैत २४ गते रिलिज हुने फिल्म ‘प्रसाद २’ र वैशाख १ मा रिलिज हुने ‘नाइँ नभन्नू ल ६’ सरेर वैशाख १५ अर्थात् भोलिका लागि सारिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया