‘समयले जुरायो’ मा श्रीदेव र अनु

'समयले जुरायो' बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शिव परियार र मिना नेपालीको स्वर रहेको छ । गीतमा प्रमोद भट्टराई 'प्रतीक'को शब्द तथा संगीतकार तथा गायक सरोज कोइरालाको संगीत रहेको छ ।

गीतमा संगीतकार तथा गायक सरोज कोइरालाले संगीत दिएका छन । गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन । नायक श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन ।