उपासना आउँदा हल्लीखल्ली, फर्किदा सुनसान


एकपटक फेरि आइतबार आयोजना भएको ‘११ औं नेफ्टा फिल्म अवार्ड’को टप ५ नोमिनेश सार्वजनिक कार्यक्रमकै एउटा रोचक दृश्यको बिषयमा चर्चा गरौं । 

सिमित कलाकार पुगेको यो समारोहमा नायिका उपासना सिंह ठकुरीको इन्ट्री भने रोचक थियो । उनी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको सरकारी गाडीमा आएकी थिइन् । सोल्टी होटलको प्राङ्गणमा भुवन केसी र उपासना सिंह ठकुरी एकसाथ निस्किएका थिए । 

उपासना वान पिस पहिरनमा आकर्षक भएर अवार्ड समारोहमा पुगेकी थिइन् । उपासना आएको भिडियो उपस्थित सबै मिडियाले खिच्न भ्याएका थिए । 

तर, उपासना फर्किएको कसैले पनि थाहा पाएनन् । उपासना संभवत उत्कृष्ट ५ को सूचीमा नपरेपछि कार्यक्रमको बिचबाटै निस्किएर हिडेको धेरैले अड्कल लगाए । किनकी, गतबर्ष उनी अभिनित फिल्म ‘२ नम्बरी र डिसेम्बर फल्स’ रिलिज भएका थिए । यी दुई फिल्ममध्ये कुनै एक बाट त उत्कृष्ट नायिकाको सूचीमा पर्छु भन्ने आशा उनमा थियो होला । 

तर, आयोजकले उत्कृष्ट ५ नोमिनेशनको भिडियो देखाउन थालेपछि उपासना फर्किएको अनुमान लगाउन सकिन्छ । आउँदा उपासनालाई साथमा लिएर आएका बोर्ड अध्यक्ष भुवन केसी फर्किदा एक्लै फर्किएका थिए ।