अनमोल केसीको नयाँ फिल्म घोषणा

अनमोल केसी फेरि चकलेटी धार नै समात्ने बाटोमा लागेका छन् ।
दर्शकले चकलेटी लुक्समा रुचाउँदै आएका अनमोलले ब्याक टू ब्याक फिल्म साइन गरिरहेका छन् । यस्तैमा अनमोल केसीले नयाँ फिल्ममा काम गर्ने भएका हुन् ।
अब अनमोलले नयाँ फिल्म 'फर्की फर्की' गर्ने भएका हुन् । यो फिल्म राम्रो कथामा रहेको र अफर आएपछि उनी काम गर्न तयार भएको बुझिएको छ । यो फिल्म रोहित अधिकारी फिल्मस्को ब्यानरमा निमार्ण हुने भएको हो । यस फिल्मको लागि अनमोल बाहेक अन्य कलाकार फाइनल भएका छैनन् ।
रोहित अधिकारीले निर्देशन गर्ने फर्की फर्की लभ स्टोरी हुने भएको छ । फिल्मको सबै छायांकन नेपालका विभिन्न जिल्लामा हुने बताइएको छ ।
फिल्म निर्माण टिमले फिल्मको पहिलो पोस्टरसँग निर्माणको औपचारिक घोषणाको तयारी गरेको छ।

‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक

शर्मिलासँग लगनगाँठो कसे रमेश बिजीले
‘परस्त्री’को गीत ‘माया बस्यो’मा रोमान्टिक शिल्पा र गौरव

राष्ट्रपतिप्रति मनिषा कोइरालाको आक्रोश: 'लेन्डुप दोर्जेको याद आयो'
थ्रिलर र सस्पेन्स युक्त ‘अन्तिम संस्कार’को ट्रेलर

प्रतिक्रिया