'पशुपति प्रसाद २: भष्मे डन'ले उठाउला ११ करोड ?

सात वर्षअघि निर्माण भएको फिल्म ‘पशुपतिप्रसाद’को सिक्वेलको रुपमा निर्माणाधिन ‘पशुपतिप्रसाद २: भष्मे डन’ को छायांकन पुरा भएको छ । सुटिङ सुरु भएको करिब ६० दिन खर्चिएर फिल्मको इन्डक्ल्याप गरिएको हो ।
निर्माण पक्षले फिल्म छायांकनमा झण्डै चार करोड खर्च गरेको दाबी गरेको छ । एक महिनामा नै छायांकन सक्ने योजनामा काम भए पनि छायांकन अवधि लम्बिदा बढी खर्च भएको उनीहरुको भनाई छ ।
फिल्मका निर्देशक दीपेन्द्र के खनालले फिल्मको लागतमा कुनै सम्झौता नगरेको दाबी गरे पनि फिल्मले प्रदर्शन पछि लगानी उठाउन झण्डै ११ करोडमाथिको व्यापारिक झण्डा गाड्नुपर्ने देखिन्छ ।
नेपालमा फिल्म निर्माणमा झण्डै डेढ करोड लगानी गर्दा पनि निर्मातालाई त्यो लगानी कसरी उठाउने भन्ने चिन्ता दिनरातको सपना हुन्छ । तर ‘पशुपतिप्रसाद २: भष्मे डन’को लगानी अन्य फिल्मको भन्दा झण्डै दोब्बर छ ।
यो फिल्म आगामी दशैँको छेको पारेर फूलपातीमा नेपालसहित विदेशमा एकैसाथ रिलिज गर्ने योजना निर्माण टिमको छ । व्यापारिक पूर्वानुमान गर्ने हो भने फिल्मले लगानी उठाउनका लागि कुल कमाइको ३८ प्रतिशत कलेक्सन गर्नुपर्ने देखिन्छ । तब मात्र निर्माताको हातमा फाइदा हुन जाने छ । यसरी हेर्दा दीपेन्द्र के खनाल र निर्माता खगेन्द्र लामिछानेले फिल्मको प्रचारप्रसारलाई मलजल गर्न व्यापारिक हल्ला चलाएका हुन् या वास्तविकता हो, उनीहरु नै जानुन् ।
फिल्मको सुटिङ सुरु भएदेखि नै कलाकारको लुक्सहरु फेसबुक, टिकटक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् । आफ्ना कलाकारको लुक्स नै भाइरल भएपछि निर्माण पक्षले फिल्मप्रति दर्शकको चासो बढाउन कतै ४ करोडको प्रपञ्च त रचेका होइनन् ?
५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को छायांकन

‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक

शर्मिलासँग लगनगाँठो कसे रमेश बिजीले
‘परस्त्री’को गीत ‘माया बस्यो’मा रोमान्टिक शिल्पा र गौरव

राष्ट्रपतिप्रति मनिषा कोइरालाको आक्रोश: 'लेन्डुप दोर्जेको याद आयो'
थ्रिलर र सस्पेन्स युक्त ‘अन्तिम संस्कार’को ट्रेलर

प्रतिक्रिया