'सिटाडेल'मा सामन्था र वरुणको अन्तरंग दृश्य

दक्षिण भारतीय फिल्मकी अभिनेत्री सामन्था रुथ प्रभु नयाँ वेब सिरिज ‘सिटाडेल’मा अभिनेता वरुण धवनका साथ देखिँदैछिन् । केही दिन अघि सामन्थाले आफ्नो सामाजिक सञ्जालमा वरुणसँग आफूले स्क्रिन शेयर गर्न लागेको उल्लेख गरेकी थिइन् ।

यो एक साइन्स फिक्सन सिरिज हो । राज एण्ड डीकेले निर्देशन गरेको यो सिरिज प्रियंका चोपडा र रिचर्ड मेडेनद्वारा अभिनित अमेरिकी सिरिज ‘सिटाडेल’ जस्तै हुनेछ । केही समयअघि वरुण र सामन्था यसको यूके प्रिमियरका लागि लण्डन गएका थिए ।

सिरिजसँग जोडिएको पछिल्लो खबर अनुसार सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य राखिएको छ । अमेरिकी सिरिजजस्तै भारतीय सिरिजमा पनि सामन्था र वरुणका केही अन्तरंग दृश्य रहनेछन् । स्क्रिप्टका लागि महत्वपूर्ण दृश्य भएकाले सामन्थाले शर्तसहित वरुणसँग अन्तरंग दृश्यका लागि सहमत भएकी हुन् । यद्यपि यो विषयमा निर्माताले मुख खोलेका छैनन् ।

रुसो ब्रदर्शको यो सिरिजको हिन्दी नाम के हुन्छ भन्ने निश्चित भइसकेको छैन । अनटाइटल्ट यो सिजिलाई क्रिएटर्स राज र डीकले निर्देशन गरिरहेका छन् । यसको कथा सीता आर मेननले राज र डीकेसँग मिलेर कथा लेखेका हुन् । सामन्थाले यसअघि राज–डीकेसँग वेब सिरिज ‘द फेमिली मेन २’मा काम गरिसकेका छन् ।