ऐश्वर्यालाई छुँदा रणवीरका हातमा कम्पन !

अभिनेता रणवीर कपूर बलिउडका चकलेटी ब्वाईका रुपमा चिनिन्छन् । पर्दामा अभिनेत्रीसँगको उनको रोमान्टिक क्यामेष्ट्रीलाई जोकोहीले मनपराउँछन् । फिल्म ‘ए दिल हे मुस्किल’मा रणवीरले अनुष्का शर्मा र ऐश्वर्या रायसँग रोमान्स गरेका थिए । यो फिल्म सुपरहित साबित भएको थियो ।

यद्यपि यो फिल्म रिलिज पछि रणवीरले ऐश्वर्यासँग अभिनय गर्दाका केही किस्साको खुलासा गरेका थिए । रणवीरका अनुसार ऐश्वर्यासँग रोमान्स गर्दा उनी लजाएका थिए । उनले ऐशको गालामा हात लैजान सकेका थिएनन् ।

रणवीरले हालै एक रेडियोलाई दिएको अन्तरवार्तामा ऐश्वर्यासँग रोमान्स गर्दा आफ्नो हात कामेको बताएका छन् । ‘ऐश्वर्यासँग रोमान्टिक हुँदा म निकै लजाएको थिएँ । मैले उनको गालामा छुन सकेको थिइनँ । छुन खोज्दा हात कामेको थियो’, रणवीरले भनेका छन्, ‘त्यसपछि ऐश्वर्याले मलाई आफूले एक दृश्यमात्र गरिरहेको भन्दै सम्झाएकी थिइन् । हामीले अभिनय मात्र गर्नुपर्ने हो र आफ्नो कामलाई निकै राम्रो ढंगले गर्नुपर्छ भनेर सम्झाएकी थिइन् । त्यसपछि मलाई यो मौका फेरी आउँदैन जस्तो लाग्यो । त्यही मौकालाई मैले सदुपयोग गरे ।’