आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rrr_A8QzmSCwF3_zsovthxrqbuqm2le1odixvtuedamzn5cpvdiwelec0fyehze1ae3ba5sihli_DvGj29X41d_clxndnh1xn2k6voeq5hgzicssksiykyu2mctgb3huerx9rqbfdh7fyl3yumm.jpg)
एसएस राजामौलीको ब्लकबस्टर फिल्म ‘आरआरआर’ मा खलनायकको भूमिका निभाएका आयरिश अभिनेता रे स्टिभेन्सनको ५८ वर्षको उमेरमा निधन भएको छ । तर, अभिनेताको मृत्युको कारण भने खुल्न सकेको छैन ।
५८ वर्षे अभिनेताले २९ वर्षको उमेरमा उनले फिल्म र टिभी कार्यक्रमबाट आफ्नो करियर सुरु गरेका थिए । उनले सन् १९९८ मा आएको फिल्म ‘द थ्योरी अफ फ्लाइट’बाट सफलता पाएका थिए । यस फिल्ममा उनले गिगोलोको भूमिका निभाएका थिए । यसबाहेक उनले ‘पनिशरः वार’ मा आफ्नो अभिनयबाट सबैको मन जितेका थिए ।
स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म ‘आरआरआर’मा गभर्नर स्कट बक्सटन नामक भिलेन चरित्रमा देखिएका थिए । उनको यो भूमिकालाई भारतीय दर्शकले निकै रुचाएका थिए । स्टीवेन्सनको करियरमा उनले अभिनय गरेको यो एकमात्र भारतीय फिल्म हो ।
उनको वास्तविक नाम जर्ज रेमन्ट स्टीवेन्सन हो । उनको जन्म सने १९६४, मे २५ मा लिस्बनमा भएको थियो । परिवारमा तीन भाईमध्ये उनी दोस्रो भाई हुन् । उनका पिता एक रोयल एयर फोर्स पाइलट थिए । उनी ८ वर्षको उमेरमा इंग्ल्याण्ड गए र त्यही ब्रिस्टल ओल्ड विक थिएटरमा स्कुल अभिनय पढे । उनले २९ वर्षको उमेरमा ग्राजुएसन डिग्री लिए । स्टीवेन्सन सन् १९९० को दशकको सुरुवातबाट फिल्म र टेलिभिजनमा जोडिए ।
उनले ‘पनिशरः वार जोन’, ‘द थ्योरी अफ फ्लाइट एण्ड एचबीओ–बीबीसी’को ‘अकेम्ड टेलिभिजन सिरिज’ मा अभिनय गरेका थिए । उनी रोममा आफ्नो भूमिकाका लागि लोकप्रिय थिए । यसबाहेक रे ‘डेक्सटर’, ‘द वकिङ डेड’, ‘ब्ल्याक सेल्स’, ‘वाइकिङ्स’लगायतका कैयौं स्टार वार्स एनिमेटेड शोको हिस्सा बने । उनी चाँडै नै डिज्नी प्लस स्टार वार्स सिरिज ‘अहसोका’मा देखिँदैछ । यसको प्रिमियर चाँडै हुँदैछ ।
उनको अन्तिम फिल्म ‘एक्सीडेन्ट मेनः हिटमेन होलिडे’ थियो । उनले हालै १९४२ मा केविन स्पेसीलाई रिप्लेस गरेका थिए ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_5eCEHFOthC_sysmwlslsjkhghgqdlsg8eiymdx4mqdlaljkakngdbxwnjaxcceuzqdmkycr.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_lI8f1HcvaB_qzxojv6gplpfxl8p5bezexh8lji1t8mfj9rst9krcdrpczdjqhn7385ayct6.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_9UMgcTffaB_enufraqj4ntutqxnamf4vmlqzut6b24xxepnhzrbrypozaakwzlqckfoqrvo.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_TSTRNYG5Vi_mdaf3atj8uno7fx8mrigedi5uve0ni8v5pkmu65vduthncthfzr9kit16cu8.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_88dWnN2wXO_gu22vfk2hkl7cimdiyaytzz7pvm4fffv9zxfzlr0ytwl71r6jaqpffnzp5gi.jpg)
प्रतिक्रिया