थलपति विजयको पारिश्रमिक २०० करोड

कुनै समय थियो, भारतीय फिल्मको नाम लिँदा बलिउडलाई नै सबै कुरा सम्झने गरिन्थ्यो । तर, अब क्षेत्रीय फिल्म, खासगरी साउथ फिल्म उद्योगको विस्तार विश्वभर बढिरहेको छ ।

साउथ फिल्मको पेन इण्डिया रिलिजका बीच यो उद्योगका स्टारले पनि आफ्नो पारिश्रमिक बढाइरहेका छन् । साउथमा महंगा अभिनेताको नाम लिँदा अभिनेता थलपति विजयको नाम अग्रस्थानमा आउँछन् । हालै विजयले भने आफ्नो पारिश्रमिक बढाएका छन् ।

समाचारअनुसार थलपति विजयले फिल्म ‘वारिसु’को सफलता पछि नयाँ प्रोजेक्टका लागि २०० करोड पारिश्रमिक लिँदैछन् । यद्यपि कतिपयले उनको पारिश्रमिक बढेको कुरा केवल अफवाह मात्र बताए पनि उनले पारिश्रमिक बढाएको कुरामा भने फिल्मकर्मी सहमत छन् ।

थलपतिको पारिश्रमिक अर्का साउथ सुपरस्टार रजनीकान्तको भन्दा बढी छ । विजयले आफ्नो बढ्दो बजार अपिल र बक्स अफिस सफलतापछि पारिश्रमिक बढाएका हुन् । साउथमा विजय स्टोरी लाइन बिना नै सफलताको ग्यारेन्टी बनिसकेका छन् । त्यसकारण पनि निर्माताहरु जोखिम मोल्न तयार भइरहेका छन् ।

योभन्दा अघि वेन्कट प्रभुका साथ आगामी प्रोजेक्टका लागि विजयले १ सय ५० करोड पारिश्रमिक लिएको चर्चा चलेको थियो ।