किन फिल्म क्षेत्रबाट टाढिने सोचमा पुगिन् रेबिका ?


नायिका रेबिका गुरुङको करिअर उनले सोचे जस्तो भएन । काम गरेको फिल्मबाट पनि उनले खासै चर्चा कमाइनन् । फिल्म ‘मारुनी’मा सह–नायिकाको रुपमा काम गरेकी रेबिकाको चर्चा खासै भएन । यसपछि उनले फिल्म ‘काँडेतार र गोर्खा वारियर २’मा काम गरेकी छिन् । यी दुई फिल्म रिलिज भएपछि आफूले अरु फिल्ममा काम नगर्ने उनको तर्क छ । 

यसको कारण यही भन्ने उनीसँग छैन । तर, उनले पढाईमा ध्यान दिनुपर्ने कारण देखाएकी छिन् । नेपालमा थुप्रै कलाकारहरुले पढाई र अभिनयलाई एकसाथ अगाडि बढाएका छन् । यसैले, रेबिकाको फिल्म क्षेत्र छाड्ने कारण यही मात्र नहुन सक्छ । 

रेबिकाले सामाजिक संजालबाट पनि आफूलाई टाढा राख्दै आएकी छिन् । उनले फिल्म ‘काँडेतार र गोर्खा  वारियर २’को प्रचारमा भने साथ दिने संकेत गरेकी छिन् । 

नेपाली फिल्म क्षेत्रमा कोही कलाकार चाडै नै क्लिक हुन्छन् । कोही भने जति मिहिनेत गर्दा पनि खासै नोटिस हुँदैनन् । रेबिकाको संघर्षको पाइला अगाडि बढ्दै थियो । उनले, आफ्नो पाइला रोक्ने निर्णय किन लिइन् होला ?