दर्शकलाई फिल्म 'हुक्का'को 'वाच एण्ड वीन' अफर

भोली शुक्रबारबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ले रिलिजको छेकोमा पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चर (Udi Adventure) सँग सहकार्य गर्दै दर्शकका लागि ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । यो अफरमा खल्तीको डिजिटल टिकेटिङ सहकार्य छ ।
अफरअनुसार दर्शकले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागु हुने छ ।
त्यस्तै फिल्म हेर्न आउने दुईजनाले सेल्फीसँग फोटो हालेर '#nepalimoviehookah12' लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्वीङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् । यसका लागि दर्शकले फिल्मको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ ।
यो सुविधा असोज २८ गतेसम्म रहेको छ । शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय छ ।
सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक

शर्मिलासँग लगनगाँठो कसे रमेश बिजीले
‘परस्त्री’को गीत ‘माया बस्यो’मा रोमान्टिक शिल्पा र गौरव

राष्ट्रपतिप्रति मनिषा कोइरालाको आक्रोश: 'लेन्डुप दोर्जेको याद आयो'
थ्रिलर र सस्पेन्स युक्त ‘अन्तिम संस्कार’को ट्रेलर

प्रतिक्रिया