प्रकाश सपुत ‘पागल’ हुन्ः रीता थापा मगर


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले गायक प्रकाश सपुत गीतसङ्गीतका लागि ‘पागल’ हुने गरेको बताएकी छिन् । 

प्रकाशको पछिल्लो चर्चित गीत ‘सकम्बरी’को विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै रीताले प्रकाश सपुतलाई गीत संगीतमा ‘पागल’को संज्ञा दिइन् । 

उनले, सपुत गीत सिर्जनाका लागि पागल झै लागिपर्ने गरेको तर्क गरिन् । गायक सपुतको पछिल्लो गीत ‘सकम्बरी’ बिबादमा रहँदै हिट भएको थियो । रीताले यो गीतको विषयमा प्रतिष्ठानमा थुप्रै उजुरी आएको पनि तर्क गरिन् । उनले भनिन्–‘यो गीतलाई लिएर थुप्रै महिलाहरूले प्रतिष्ठानमा उजुरी दिनुभएको थियो । तर, हामीले उहाँहरूलाई चिया पिलाएर विवादको समाधान गर्यौँ ।’

उनले, यो गीतको विषयमा विवाद गर्नुपर्ने कुनै कारण नभएको पनि तर्क गरिन् । विशेष गरि, गाउँबाट आउने युवतीहरूलाई यो गीतले सजग गराएको भन्दै उनले गायक सपुतको सिर्जनाको प्रशंसा गरिन् । कार्यक्रममा रीता प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् ।