रेशम चौधरी छुट्दा एलिजा गौतमको चर्चा

 नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् । सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई बदर गरेपनि राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस बमोजिम गणतन्त्र दिवस २०८० को अवसरमा रेशमलाई आम माफी दिएका हुन् ।

टीकापुर घटनामा दोषी ठहर भएका रेशमसहित ५ जना हाल कारागारमा छन् । रेशम काठमाडौंमा छन् भने प्रदीप चौधरी, हरिनारायण चौधरी र वीरबहादुर चौधरी कैलालीमा कारागारमा र नाबालक श्रवण चौधरी पोखरा सुधार गृहमा छन् । २९ जना अझै फरार छन् । सरकारले विज्ञसँगको सल्लाह अनुसार नै निर्णय गरिएको जनाएको छ ।

योसँगै रेशम चौधरी जेलबाट रिहा भएका छन् । जेलबाट रिहा भएका चौधरीलाई स्वागत गर्न नेपाली फिल्मकी नायिका तथा मोडल एलिजा गौतम पनि डिल्लिबजार कारागार पुगिन् । उनले फूलमाला सहित चाैधरीकाे स्वागत गरिइन् ।

एलिजाले रेशमलाई फूलमाला लगाउँदै तस्वीर पोष्ट गरेपछि सामाजिक संजालमा यसको चर्चा व्यापाक छ । विशेषगरि, रेशम चौधरी छुट्दा पार्टीको सदस्य समेत रहेकी गौतमको चर्चा व्यापक छ ।

सर्वोच्च अदालतले चौधरीलाई जन्मकैदको फैसला सुनाउने वित्तिकै मिडियासँग प्रतिक्रिया दिदै एलिजाले अब देशमा आगो लाग्ने बताएकी थिइन् । यसपछि, उनी यो बयानका कारण आलोचित मात्र भइनन्, भाइरल पनि भइन् । 

तर, आज चौधरी छुटेपछि भने धेरैले ‘अब देशमा आगो नलाग्ने भयो’ भन्दै एलिजाको फेरि ट्रोल गरिरहेका छन् । यसकाकारण, सामाजिक संजालमा चौधरी छुटेको चर्चासँगै एलिजाको पनि चर्चा व्यापक छ ।