विपनाको पारिश्रमिकः पहिलो फिल्ममा ५ हजार र चकलेट, पछिल्लो फिल्ममा ५ लाख


बर्तमान समयमा नेपाली फिल्मका चल्तीका कलाकारहरुको पारिश्रमिकको चर्चा सधै नै हुने गरेको छ । अहिले नायकहरुको पारिश्रमिक ५० लाखसम्म पुगेको छ । नायिकाहरु प्नि १० लाख माथिकै पारिश्रमिक वुझ्ने गरेका छन् । कलाकारको चर्को पारिश्रमिकका कारण नै फिल्म बनाउन गाह्रो हुने गरेको गुनासो निर्माताहरुको छ । 

तर, १५ बर्ष अगाडि नायिका विपना थापाले फिल्म ‘बरमाला’मा काम गर्दा ५ लाख पारिश्रमिक लिएकी रहिछन् । उनले, आफ्नो करिअरमा सबैभन्दा महंगो पारिश्रमिक वुझेको फिल्म यही थियो । 

विपनाले अभिनय गरेको पहिलो फिल्म ‘जन्मभुमी’ हो । यो फिल्मका लागि विपनालाई निर्माताले ५ हजार पारिश्रमिक र एक प्याकेट चकलेट दिएका रहेछन् । विपना भन्छिन्–‘त्यो समयमा मलाई ५ हजार कहाँ खर्च गरौं जस्तो लागेको थियो । जति खर्च गर्दा पनि नसकिने ।’

विपनाले अहिलेको समयमा कलाकारहरुलाई काम गर्न सहज भएको बताइन् । तर, आफूहरुको समयमा ड्रेसको व्यवस्थापनदेखि हरेक कुरामा गाह्रो भएपनि आफूहरुले काम गरेको उनको तर्क छ । 

विपनाले आफू अब फिल्म क्षेत्रमा बलियो तरिकाले फर्किन चाहेको समेत प्रष्ट पारिन् । आफूलाई सुहाउने भूमिकामा अफर आएको खण्डमा काम गर्ने उनको भनाई थियो ।