निर्देशक सुदर्शन थापालाई पितृशोक


नेपाली फिल्मका सफल निर्देशक सुदर्शन थापालाई पितृशोक परेको छ । उनका पिता बिष्णुबहादुर थापाको ७८ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । कलाकार राज कटुवालका अनुसार थापा लामो समयदेखि दमका विरामी थिए ।

थापाका ३ छोरा र १ छोरी छन् । निर्देशक सुदर्शन थापा बिष्णुबहादुर थापाका कान्छा छोरा हुन् ।