‘परस्त्री’को गीत ‘माया बस्यो’मा रोमान्टिक शिल्पा र गौरव

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक भएको छ । गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव बिष्टलाई फिचर्ड गरिएको छ । केके ब्रोदर्स अर्था कोशिस र केतन क्षेत्रीको कम्पोज र शब्द रचना रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

पोस्टर रिलिजसँगै चर्चामा आएको फिल्मको सार्वजनिक गीत मुस्ताङका रमणीय स्थानमा खिचिएको छ । फिल्मको सार्वजनिक गीतमा मुख्य अभिनेत्री शिल्पा मास्के र गौरव बिष्टको रोमान्टिक केमेष्ट्री गज्जब देखिएको छ । नेपाली र हिन्दीमा रिलिज हुने फिल्मको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी हेर्न सकिन्छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्मको निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको फिल्ममा शिल्पा र गौरवका अलवा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल फिल्मका लेखकसमेत हुन् । फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ । फिल्मको प्राविधिक काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।