शर्मिलासँग लगनगाँठो कसे रमेश बिजीले

वरिष्ठ लोकदोहोरी गायक, सर्जक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् ।
उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् । शर्मिला १२ बर्ष देखी अष्ट्रेलियाको मेलवर्न बस्दै आएकी छन् ।
बिजी नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निक्कै महत्वपूर्ण योगदान दिने व्यक्ति हुन् ।
यी दुई बीचको विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथी भाइले बधाई दिइरहेका छन् । दुई दशक भन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा रहेका छन् ।
अष्ट्रेलीयातर्फ लाग्नुअघि उनीहरुले विवाहबारे सार्वजनिक गरेका हुन् । बिहे लगत्तै मंगलबार उनीहरू अष्ट्रेलिया लागेका छन्।
बिजी अब अष्ट्रेलियामा स्थायी बसोवासकै लागि जान लागेको नजिकका साथीले बताए।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

दशैं र तिहारः ठूलो हिन्दी फिल्म भर्सेस प्रतिक्षित नेपाली फिल्म

जो चले, टिमवर्कले चले

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

असोज २६ मा बासेन्जी

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

प्रतिक्रिया