‘ओ मेरो राजा जी’मा पुष्प र मोनिकालाई बिक्रमले हट अवतारमा नचाए


नायक पुष्प खड्का र नायिका मोनिका बुढाथोकीले अभिनय गरेको ‘ओ मेरो राजा जी’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको छ । गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा समावेश यो गीतले प्रेमी प्रेमिकाले एक अर्कालाई राजा र रानी भन्दै सम्बोधन गरेको बताउँछ । 

सन्तोष सुनारकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ नम्बरमा तयार पारेका छन् । भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । 

निर्देशक स्वारले पुष्प र मोनिकालाई हट शैलीमा नचाएका छन् । भिडियोमा मोनिका हट देखिएकी छिन् । उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन् ।